• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

नेपाल सुशासन पार्टीसहित ३ दलबीच एकीकरण, नेपाललाई समवादमा पुर्‍याउने लक्ष्य


आइतबार, चैत १८, २०८० मा प्रकाशित

काठमाडौं– नेपाल आमा पार्टी, नयाँ पार्टी नेपाल र नेपाल सुशासन पार्टीबीच एकीकरण भएको छ। तीन पार्टीबीच एकीकरण भएर राष्ट्रिय मातृभूमि पार्टी बनेको छ। आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत पार्टी एकता भएको जानकारी गराइएको हो।

Advertisement

गत फागुन २३ गते निर्वाचन आयोगले तीन दल मिलेर नयाँ दल दर्ता भएको प्रमाणपत्र दिएको छ। जनतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा सुशासन र समावेशी सिद्धान्तका आधारमा समृद्ध, समतामूलक र न्यायपूर्ण समाजको निर्माण गरी सुविधाराज्य स्थापना गर्ने पार्टीको दूरदृष्टि रहेको बताइएको छ।

त्यस्तै, पार्टीको लक्ष्य जनकल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने, राष्ट्रिय सद्भाव र एकता अक्षुण्ण राख्ने, विद्यमान आर्थिक एवम् अन्य असमानताको अन्त्य गर्न सबै नागरिकमा समान अवसर र पहुँच पुयाई समवादमा पुग्ने रहेको छ।

राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र, उन्नतिशील, समृद्ध एवम् समन्यायिक बनाउने र सार्वभौमिक समानता एवम् पञ्चशीलका आधारमा अन्तरराष्ट्रिय सम्बन्ध कायम गरी विश्वमा राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने पार्टीको उद्देश्य रहेको छ। साथै, राष्ट्रिय मातृभूमि पार्टी नेपालले शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री उपयुक्त हुने धारणा अगाडि सारेको छ। पार्टीको चुनाव चिन्ह तीन तारासहित काखमा बच्चा लिएकी आमा रहेको छ ।

राष्ट्रिय मातृभूमि पार्टीका अध्यक्ष रामशरण पाण्डेले देशमा विकृति र भ्रष्टाचार बढेको बताए। उनले देशमा जतिपनि भइरहेका नराम्रा कामको कारक तत्व राजनीति देखिएकाले आफूहरु सशक्त रुपमा आएको बताए। अहिलेका राजनीतिक दलहरुले सही विचार लिएर राजनीतिमा आएको नदेखिएकाले यस्ता समस्यालाई सम्बोधन गर्न आफूहरु राजनीतिमा होमिएको उनको भनाइ छ। राष्ट्रिय मातृभूमि पार्टी भाषण र जुलुसमा नलागेर गाउँ-गाउँ पुगेर कृषि उत्पादन अभियानमा सघाउ पुर्याउने र जनतालाई सुशिक्षित गराउने उनको दाबी छ।

वरिष्ठ उपाध्यक्ष रोमलाल गिरीले नयाँको नाममा उदाएको दलहरुले केही काम गर्न नसकेको बताए। उनले नयाँ दलहरुलाई फ्याराको संज्ञा दिए । राष्ट्रिय मातृभूमि पार्टी देशभक्त दलको रुपमा स्थापित हुने उनको दाबी छ।

भ्रष्टाचार विरोधी अभियन्ता रमेश खरेलले राष्ट्रिय मातृभूमि पार्टीका नेताहरुलाई स्वच्छ मनले देशको उद्दार गर्न आग्रह गरे। राष्ट्रिय मातृभूमि पाटीमा आफू आवद्ध नरहेको पनि उनले प्रष्ट पारे। उनले आफू अहिले भ्रष्टाचार विराधी अभियानमा रहेको जानकारी गराए।

‘म अहिले एन्टी करप्सन नेटवर्कमा छु। कुनै पार्टीमा पनि छैन। हिजोको दिनमा यो देशमा भएको विकृति, विसंगति र भ्रष्टाचारको विरुद्धमा एक भएर उभिन पर्छ भनेर नेपाल सुशासन पार्टी खडा गरेका थियौं,’ उनले भने।

आफूले काठमाडौं-१ र बारा-२ बाट चुनाव लडेर हार व्यहोरेको स्मरण गराउँदै उनले हारबाट आत्तिन नहुने बताए। उनले हार र जीतका प्रवाह नगरी देशको सर्वोत्तम हित सोच्न राष्ट्रिय मातृभूमि पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले सुशासन पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सकिएन राजीनामा दिन्छु भनेर निर्वाचन पहिले नै भनेको बताए। सोही वाचाअनुसार पार्टीबाट राजीनामा दिएर अहिले कुनै पनि पार्टीमा नरहेको बताए।

जनता जनार्दन हुन नसकेसम्म नेपालमा ठगहरूले शासन गरिरहने उनको बुझाइ छ। अहिले देशमा ठगतन्त्र मौलाएको उनले बताए। अहिले सत्तामा गएकाहरुको काम ठग्नेबाहेक अर्को केही पनि नरहेको उनको टिप्पणी छ। “अहिले जतिपनि सत्तामा गएका छन्, उनीहरूको काम ठग्नेबाहेक केही पनि छैन। राष्ट्रिय मातृभूमि पार्टीका नेताहरूलाई स्वच्छ मनले देशको उद्दार गर्न आग्रह गरे। राम्रा-राम्रा मानिसहरूको समूह बनाएर अगाडि बढ्न र जनतालाई जनार्दन बनाउन उनले सुझाव छ,” उनले भने।

कार्यक्रममा राष्ट्रिय मातृभूमि पार्टीका उपमहासचिव लक्ष्मीदत्त भट्ट, उपाध्यक्षहरू राजकुमार यादव, टुलराज बस्याल, अनिता श्रेष्ठ रामकृष्ण ढकाल, महासचिव गोविन्द गिरी, सचिवहरू यज्ञराज बस्याल, खगेन्द्र बस्नेत, मनिराम लामिछाने, इन्द्रनारायण न्हुँच्छे, तेजेन्द्रकुमार प्रसाईं, सहसचिवहरु रामकुमार राई, लक्ष्मण फुँयाललगायतको उपस्थिति थियो।

आइतबार, चैत १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.