टोकियो- खेल्दै नखेलेको फुटबल प्रतियोगितामा उत्तर कोरियाविरुद्ध जापानलाई विजेता घोषणा गरिएको छ।
Advertisement
विश्वकप क्वालिफायरमा प्रतिस्पर्धा नै नभई जापानलाई विजेता घोषित गरिएको हो।
उक्त प्रतियोगिता गत मंगलबार उत्तर कोरियाको राजधानी प्योङयाङमा हुने तय भएको थियो। तर, अन्तिम समयमा आएर उत्तर कोरियाले खेल रद्द गरेको थियो।
खेल रद्द गर्नुको कुनै कारण उत्तर कोरियाले दिएको थिएन। सोही कारण विश्व फुटबलको नियामक निकाय फिफाले जापानलाई विजेता घोषणा गरेको हो। त्यसका लागि जापानलाई ३–० को गोल अन्तर दिइएको छ।
आफ्नो परमाणु कार्यक्रमका कारण उत्तर कोरियाले अनेक प्रकारका निषेध घोषणा गरेको छ। दुनियाँबाट अलगथलग रहेको देशमध्ये उत्तर कोरिया पनि एक हो।
उत्तर कोरियामा किम जोङ–उनको तानाशाही शासन कायम छ। र, नेता किमले देशवासीमाथि अनेक प्रकारका शख्त प्रतिबन्ध लगाएका छन्।