काठमाडौं- काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने चितवन भरतपुर महानगरपालिका-१० घर भएका ३५ वर्षीय सन्त बहादुर गुरूङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
झापा बिर्तामोड नगरपालिका-३ करेलाबारी टोलस्थित हेम कुमार कन्दवाको खाली घरमा बस्ने ५५ वर्षीया सृजना सुनुवार सोही घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
रामेछाप खाँडादेवि गाउँपालिका-४ रजगाउँ बस्ने ७३ वर्षीया धनश्वरी माझी सोही गाउँपालिका-४ स्थित कुहिभिर सामुदायिक वनमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
चितवन भरतपुर महानगरपालिका-१९ ईमानसिंह चोक बस्ने ३६ वर्षीय संयोज गुरूङ आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
नुवाकोट बिदुर नगरपलिका-७ तुप्चे बस्ने ७५ वर्षीय तिलक प्रसाद नेपाल सोही ठाउँस्थित त्रिशुली हाईड्रोपावरको ड्याम साईडको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।