तेह्रथुम– तेह्रथुममा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
Advertisement
पक्राउ पर्नेमा म्याङलुङ नगरपालिका-१० सुसलिङ बस्ने २३ वर्षीय नरेश लिम्बु छन्। उनलाई बिहीबार दिउँसो पक्राउ
गरेको प्रहरीले जनाएको छ।
लिम्बुले ती महिलालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।