• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

प्रकाशराजको लक्ष्‍य सातै महादेशका अग्ला हिमाल


मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित

काठमाडौं- २६ वर्षको उमेरमै सगरमाथाको सफल आरोहण गरेका रामेछापका प्रकाशराज पाण्डे अहिले सातै महादेशका अग्ला हिमाल चढेर कीर्तिमान बनाउने तयारीमा छन्।

Advertisement

रामेछापको लिखु तामाकोशी गाउँपालिका-७ तिल्पुङमा जन्मिएका उनलाई सानैदेखि हिमालले आकर्षित गर्थ्यो। गाउँघरमा खेल्दा होस् कि स्कुल जाँदा हिमाल आँखै अगाडि ठोकिन्थे। गौरीशंकर हिमाल टलक्क टल्किएको हुन्थ्यो। उनलाई लाग्थ्यो- यो हिमालको टुप्पोमा पुग्‍न सकिएला त ?

कक्षा ४ सम्म गाउँमै पढेपछि आमाबुवाले काठमाडौं ल्याए। सरकारी सेवाबाट अवकाशप्राप्त बुवाले छोराछोरीलाई राम्रो शिक्षादीक्षाका लागि काठमाडौं ल्याएका थिए। काठमाडौंबाट पनि हिमाल त देखिन्थे तर तिल्पुङमा छँदाको जस्तो रोमाञ्‍च हुँदैनथ्यो। उनी हिमालभन्दा पनि पढाइमा लागे।

स्कुलदेखि नै उनी स्काउटमा संलग्‍न थिए। स्काउटका गतिविधिमा सहभागी भइरहन्थे। त्यही क्रममा उनले स्काउट पिकको नाम सुने। त्यसले फेरि उनमा हिमालप्रतिको लगाव जागृत भयो।

सन् २००७ मा हो, स्काउटले सय वर्ष पुगेको अवसरमा संसारभर विशेष कार्यक्रम गरेर मनायो। त्यहीबेला स्काउट दिवसलाई विशेष बनाउन रसुवाको लाङटाङस्थित स्काउट पिक (स्थानीय भाषामा उर्केमा हिमाल)लाई स्काउटको नाम दिइयो। ५ हजार ८९० मिटर अग्लो यो हिमालको नाम ‘ब्याडेन पावेल स्काउट पिक’ राखियो। त्यही नामले हो, प्रकाशलाई फेरि हिमालप्रति आकर्षण बढाएको पनि। ‘स्कुलमा स्काउटमा लागेका बेला हिमालको नाम सुनेपछि चढ्न पाए हुन्थ्यो भन्‍ने लाग्थ्यो,’ प्रकाश स्कुले दिन सम्झिन्छन्।

यो हिमाल सन् २०१६ सम्म एक जनाले आरोहण गरेका थिए। र, उनी थिए नरेश महर्जन। त्यसबाहेक कसैले यसको आरोहण गरेको थिएन। ०७२ सालमा स्काउट दिवसको अवसर पारेर प्रकाश पनि हिमाल चढ्न फेरि लागिपरे।

त्यो समय भूकम्पले सबैतिर क्षतविक्षत पारेको थियो। वर्षातको याम झन् भूकम्पले भत्किएको बाटोघाटो। उनले हिम्मत हारेनन्। एकजना गाइडसँग पहिलो दिन गाडीमा स्याफ्रुबेंशी पुगे। त्यहाँबाट पैदल लाङटाङ गए। दोस्रो दिन आधारशिविर पुगेका उनी निरन्तर १८ घण्टा हिँडे।

पिक चढ्दा धेरै कठिनाइ भोगेको अनुभव उनी सुनाउँछन्। ‘हिउँ पहिरो आयो। भर्‍याङ पनि आफैंले लिएर गएका थियौं,’ उनी सम्झिन्छन्, ‘पानी परिरहेको थियो। हिउँ झरिरहेको थियो। ढुंगा पल्टेर गाइडको खुट्टा काटेको थियो।’

सबै चुनौति छिचोल्दै ५ असार ०७२ (२६ जुन २०१६) मा स्काउट पिकको चुचुरोमा पुगे। ‘त्यो क्षण त बिर्सिनै सक्दिनँ, साह्रै खुशी लाग्यो। त्यो मेरो पहिलो हिमाल आरोहण थियो,’ उनी भन्छन् ‘चुचुरोमा पुगेर स्काउटको झण्डा फहराएँ।’

सगरमाथाको यात्रा

२०७२ सालमा स्काउट पिकको सफल आरोहणपछि हिमालले तान्यो उनलाई। फेरि अर्को वर्ष सातजनाको टोली लिएर स्काउट पिककै आरोहणमा निस्के। र, १८ अक्टोबर २०१७ मा दोस्रोपटक स्काउट पिकको चुचुरोमा पुगे। स्काउट पिकको ओहोरदोहोरले उनलाई सगरमाथातिर आकर्षित गर्‍यो। ‘एउटा परीक्षा पास भइसकेपछि अर्को ठूलो परीक्षा दिन मन लाग्‍ने रहेछ,’ उनी भन्छन्, ‘त्यसपछि म सगरमाथाका लागि मेन्टल्ली तयार भएँ।’

सन् २०१८ मा उनी सगरमाथाका लागि हिँडे। त्यसको तयारीका लागि उनी सोलुखुम्बुको आइल्यान्ड पिक चढेका थिए। सगरमाथा आरोहण गर्न खोज्‍ने आरोहीले तयारीका लागि प्रायः ६ हजार १६० मिटरको यो हिमाल चढ्ने गर्छन्। उनले २२ अक्टोबर २०१६ मा आइल्यान्ड पिकको चुचुरो चुमे।

सगरमाथा आरोहणका लागि धेरै खर्च आवश्यक हुन्छ। नेपालीलाई लगभग ३५ लाख खर्च लाग्छ। उनले पनि विभिन्‍न स्रोतबाट जुटाए। कति त ऋण नै काढे।

एघार जनाको टोली सगरमाथाका लागि हिँड्यो। काठमाडौंबाट लुक्ला पुगे। त्यहाँबाट एक सातापछि आधारशिविर पुगे। ‘आधारशिविरमा लामाले पूजा गरेपछि मात्रै माथिको यात्रा शुरु हुन्छ,’ उनी त्यो यात्रा सम्झिन्छन्।

त्यसपछि क्याम्प १, क्याम्प २ र क्याम्प ३ गरिरहे। माथि उक्लिँदै तल आधारशिविरमा झर्दै गरे। चुचुरोमा पुग्‍ने प्रयास गर्नुअघि यसरी तलमाथि गरिन्छ, जसले शारीरिक रूपमा बनाउँछ। ‘हिमाल चढ्दा अनुशासित हुनुपर्छ। कसरी हिँड्ने, कसरी खाने, हावापानी कसरी एडजस्ट गर्ने भन्‍ने कुरा हुन्छ,’ उनी भन्छन्, ‘खुम्बु आइसफलमा चढ्यो, फेरि तल झर्‍यो। खोंचमा झरेको जस्तो हुन्छ। फेरि डाँडा चढेकोजस्तो हुन्छ। हिउँ पहिरो आउला कि भन्‍ने डर पनि हुन्छ। डरको बीचमा क्रस गरिन्छ।’

क्याम्प ३ सम्म पुगेपछि समिटको तयारी गरिन्छ। मौसम बिग्रिएमा फेरि तल फर्किनुपर्छ। उनलाई पनि त्यस्तै भयो, क्याम्प ३ मा पुगेपछि तल फर्किनुपर्‍यो। ‘मे १४ को दिन हो, ७ हजार ८०० मिटरमा पुगेका थियौं। मौसम बिग्रियो। फेरि तल झर्नुपर्‍यो,’ उनी सम्झिन्छन्, ‘अब सगरमाथा चढिँदैन होला भन्‍ने लागेको थियो। किनकि, त्यतिमाथि पुगेर तल झर्नुपर्‍यो। मौसम पनि बिग्रियो। अक्सिजन पनि सकिँदै थियो।’

उनको आरोहण व्यवस्थापन गरेको पायनियर एड्भेन्चरले अक्सिजनको व्यवस्थापन गर्‍यो। त्यसको भोलिपल्ट फेरि चुचुरोका लागि हिँडे। ‘लगातार हिँडेपछि १६ मेमा सगरमाथाको चुचुरोमा पुगें,’ उनी खुशी हुँदै भन्छन्, ‘सफलता पाएपछि सबै दुःख बिर्सिंदोरहेछ।’

उनीसँगै गएको ११ जनाको टोलीमध्ये आठजनाले सफल आरोहण गरे। जसमा पूर्णिमा श्रेष्‍ठ, कुन्जो लामा, शर्मिला लामा, छोकी शेर्पालगायत थिए।

उनले सगरमाथा आरोहण गरेको पाँच वर्ष भइसक्यो। अझै पनि उनलाई त्यसको याद ताजै छन्। एक त सगरमाथा आरोहणको खुशी छ भने अर्कोतिर आरोहणमा लागेको खर्चले पछ्याइरहेको छ। ‘सगरमाथा चढ्न ३५ लाख लाग्छ,’ उनी भन्छन्, ‘सगरमाथा चढ्दा निकालेको ऋणमध्ये अझै २५ लाख तिर्न बाँकी नै छ।’

आमादब्लमको यात्रा

सगरमाथाको आरोहणपछि उनको आत्मविश्‍वास अझ बढ्यो। अब हिमाल आरोहणमै लाग्‍नुपर्छ भन्‍ने लाग्यो। त्यसपछि उनी आमादब्लम आरोहणको तयारीमा जुटे। ‘सगरमाथा आरोहणपछि ८ नोभेम्बर २०१८ मा आमादब्लम हिमाल चढें,’ प्रकाश भन्छन्, ‘आमादब्लम सबैभन्दा सुन्दर हिमाल हो तर आरोहण गर्न सबैभन्दा कठिन हुन्छ।’

६ हजार ८१२ मिटर अग्लो आमादब्लम हेर्दा सबैभन्दा राम्रो, चढ्दा सबैभन्दा गाह्रो मानिन्छ। आमादब्लम चढ्न उनलाई गाइड गेसमान तामाङले सघाएका थिए। आमादब्लमको सफलतापछि उनी मनास्लुको तयारीमा लागे। पायनियर एड्भेन्चरले नै व्यवस्थापनको जिम्मा लिएको थियो। २६ सेप्‍टेम्बर २०१९ मा उनले मनास्लुको पनि सफलतापूर्वक आरोहण गरे। ‘मनास्लु विश्‍वमै किलर माउन्टेनको रूपमा चिनिन्छ। मान्छेलाई डर त भई नै हाल्छ, समिट नहोला कि भन्‍ने। त्यस्तै, मनास्लुमा हिम पहिरोको डर पनि उत्तिकै हुन्छ,’ उनी भन्छन्। यो विश्‍वको आठौं अग्लो हिमाल हो।

उनलाई सबै हिमाल आरोहरणका लागि आवश्यक गियर निरन्तर उपलब्ध गराएर ठूलो गुन लगाएको छ, मकालु आउटफिटले। आगामी दिनमा पनि सोही कम्पनीले गियर स्पोन्सर गरिदिने भएको छ।

सेभेन समिटको तयारी

मनास्लु चढेपछि उनी सेभेन समिट आरोहणको तयारीमा लागे तर कोरोनाले अवरोध गर्‍यो। दुई वर्ष त्यसै गयो। कोरोना कम भएसँगै फेरि उनी आरोहणमा जुटेका छन्। ‘हिमाल साना भन्‍ने हुँदैनन्, सबैमा आ-आफ्नै खाले चुनौति हुन्छन्। एउटा चढेपछि अरू सजिलै चढिन्छ भन्‍ने हुँदैन। सबैको चुनौति छुट्टै छ,’ उनी भन्छन्।

कोरोना सकिएसँगै उनी युरोपतिर लागे। माउन्ट एल्ब्रस चढे। यो रुसमा पर्छ। ५ हजार ६४२ मिटर अग्लो छ यो माउन्टेन। नेपालबाट यूएई हुँदै मस्को पुगेका उनी वाग्‍नर समूहको त्रासमा परे। युक्रेन वार शुरु भइसकेको थियो। ‘रुस घुम्‍ने योजना थियो, युक्रेन युद्धका कारण घुम्‍ने वातावरण नभएपछि तीनपटक माउन्ट एल्ब्रस चढें,’ प्रकाशले रुस अनुभव सुनाए। २८ जुन २०२३ मा माउन्ट एल्ब्रसको शिखर चुमे पहिलोपटक। त्यसको भोलिपल्टै २९ जुन २०२३ मा दोस्रोपटक एल्ब्रसको शिखरमा पुगे। दुवै माउन्ट एल्ब्रस वेस्टको शिखरमा पुगेका थिए। र, २९ जुन २०२३ मै ५ हजार ६२१ मिटर अग्‍लो माउन्ट एल्ब्रस इस्टको शिखर चुमे।

रुसबाट फर्केपछि अफ्रिकातिर लागे। हालै तान्जिनियाको ५ हजार ९९५ मिटर अग्लो माउन्ट किलिमन्जरो चढे। यो अफ्रिकाको सबैभन्दा अग्लो हिमाल हो। त्यहाँको हावापानी पनि त्यत्तिकै च्यालेन्जिङ रहेको उनी बताउँछन्। उनी ३१ अक्टोबर २०२३ मा किलिमन्जरोको शिखरमा पुगे। किलिमन्जरोको शिखर पुग्‍न बनाइएका सफा ट्रेलहरूले उनलाई साह्रै आकर्षित गरे। किलिमन्जरो राष्‍ट्रिय निकुञ्‍जले त्यसको साह्रै राम्रो व्यवस्थापन गरेको छ।

अब उनी दक्षिण अमेरिकाको हिमाल चढ्ने तयारीमा छन्। अर्जेन्टिनाको हिमाल अकंकागुवाको लक्ष्‍य पहिल्याउँदै छन् उनी। कहिले चढ्ने भन्‍ने १-२ महिनामै तय हुने उनी बताउँछन्।

यस्तै, अमेरिकाको डेनाली हिमाल चढ्ने पनि उनको योजना छ। यो अलास्कामा पर्छ। त्यसको पनि तयारी गरिरहेका छन्। ‘हिमाल चढ्दा ठूलो खर्च लाग्छ,’ उनी भन्छन्, ‘यो उपलब्धी मेरो मात्रै नभएर समग्र नेपालीको हो। यसमा सबैले सहयोग गरिदिनुहोस् भन्‍न चाहन्छु।’

मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.