• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

मौलिकता गुम्यो ‘कालो गाउँ’को, बन्यो रंगीचंगी


आइतबार, फागुन २७, २०८० मा प्रकाशित

कमिलाको ताँतीझैं मिलेको कालो गाउँको अस्तित्व संकटमा। मौलिकता हरायो, भूकम्पपछि रंगीचंगी बन्यो बस्ती।

Advertisement

काठमाडौं– झुरुप्प परेको बस्ती, पाङलिङले छाएको छाना, पारि लाङटाङ हिमाल अनि केही माथि पार्वतीकुण्ड। यो हो रसुवाको कालो गाउँ अर्थात् ब्ल्याक भिलेज।

जिल्लाको आमाछोदिङ्‍मो गाउँपालिका ३ स्थित गत्लाङ गाउँलार्ई ‘कालोगाउँ’ अर्थात ब्याल्क भिलेजका रूपमा चिनिन्छ। त्यस क्षेत्रका घरमा छाना छाउन पाङलिङको प्रयोग हुने र छाना कालो देखिने भएकाले यसलाई कालो गाउँ भनिएको हो।

कमिलाको ताँतीझैं लहरै मिलेका करिब ५ सय घरधुरी रहेको गत्लाङमा ढुंगा र काठले बनेका कलात्मक घरहरू थिए। त्यस्ता घर अब कमै मात्र देख्‍न पाइनेछ। किनकि, ढुंगाका गारो र काठले मात्रै छाइएका पम्परागत घरहरू १२ वैशाख ०७२ को विनाशकारी भूकम्पले भत्कायो। स्थानीयस्तरमै पाइने ढुंगा प्रयोग गरी निर्माण गरिएकाले ब्ल्याक भिलेजको रूपमा परिचित गत्लाङको पहिचान भूकम्पपछिको पुनर्निर्माणसँगै फेरिएको छ। यो गाउँ अहिले रंगीचंगी बनेको छ। पुनर्निर्माण क्रममा घरमा सिमेन्ट, इँटा, रड र जस्तापाताको प्रयोग गरिएको छ। र, त्यससँगै कमिलाको ताँतीझैं मिलेर बसेको देखिने गाउँ रंगीचंगी भएको छ।

‘भूकम्पअघि कति मिलेको बस्ति थियो, अहिले छरिएको छ,’ स्थानीय अनिल तामाङ भन्छन्, ‘गाउँको पहिचान नै फेरिएको छ। गत्लाङमा रड, सिमेन्ट, इँटा प्रयोग गरी पुनर्निर्माण भइरहेको छ।’

त्यस क्षेत्रमा अत्यधिक चिसो हुन्छ। र, हिउँदमा गाउँमा हिउँले ढाक्छ। घरलाई न्यानो बनाइराख्‍न काठबाट घर बनाइन्थ्यो। बाहिर ढुंगाको गारो लगाउने भए पनि भित्र काठकै प्रयोग हुन्थ्यो। भूकम्प अघिसम्म त्यहाँका घरमा बुट्टेदार झ्याल थिए। ढुंगाको पर्खाललाई काठले चारैतिरबाट घेरिएको थियो। फलेककै छानो भएका घरहरू सहित चिटिक्क मिलेको बस्ती थियो। भूकम्पपछि रड, इँटा, सिमेन्ट र बालुवाको प्रयोगले कंक्रिटका घर ठडिएका छन्। सोही कारण गाउँको पुरानो मौलिकता समाप्त भएको स्थानीय नवीन लामा बताउँछन्। भन्छन्, ‘पहिला ढुंगाको पर्खाललाई चारैतिरबाट काठले घेरेर फलेकको छाना हालिएका एकै खालका घर थिए। दाउरा बाल्ने चुल्हो भएका कारण अधिकांश घरका छाना धुँवाले काला भएका थिए। सोही कारण पर्यटक यो गाउँलाई ब्ल्याक भिलेजका रूपमा चिन्थे। तर, अब त्यो अवस्था रहेन।’

हरायो मौलिकता

भूकम्पपछि वन कार्यालय र वन उपभोक्ता समितिले काठ कटानमा कडाइ गरे। घर बनाउँदा राष्‍ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकेको मापदण्ड पनि पूरा गर्नुपर्ने भयो, जसका कारण मौलिक शैलीमा घर बनाउन नसकिएको लामा बताउँछन्।

‘काठ नपाउँदा गाउँलेले बजारमा पाइने निर्माण सामग्री प्रयोग गरेर आ-आफ्नै तरिकाले घर बनाए,’ स्थानीय विकास लामा भन्छन्, ‘यसले गाउँको पुरानो मौलिकता नै समाप्त बनायो।’

गाउँको पुरानो मौलिकता जोगाएर बस्ती पुनर्निर्माण गर्न आफूहरूले गरेको आग्रहलाई पुनर्निर्माण प्राधिकरणले नमानेको स्थानीयवासीको गुनासो छ। कालो गाउँ अहिले रंगीचंगी बस्तीमा परिणत भएको छ।

आमाछोदिङ्‍मोका पुराना मिस्त्री शुक्रबहादुर तामाङका अनुसार परम्परागत शैलीका घर बनाउने सीप भएका कामदार अभाव हुँदा पनि गाउँको मौलिकता जोगाउन नसकिएको हो। ‘न अहिले पहिलाको जस्तो सजिलै काठ र ढुंगा पाइन्छ, न हिजोआजका मिस्त्रीले पुरानो डिजाइनको घर बनाउनै जानेका छन्,’ उनी भन्छन्।

रसुवा सदरमुकाम धुन्चेबाट ३५ किमि दूरीमा अवस्थित तामाङ सम्पदा मार्गमा पर्छ, गत्लाङ गाउँ। भूकम्प अघिसम्म रसुवाकै चर्चित पर्यटकीय गन्तव्य थियो यो। पर्यटकको खचाखच हुन्थ्यो, बाह्रैमासजसो। भूकम्प र कोभिड-१९ महामारीले पनि पर्यटकको आवागमन शून्यझैं बन्यो। पछिल्ला दिनमा भने आन्तरिक-बाह्य पर्यटक पुग्‍न थालेका छन्, गत्लाङमा। ‘पहिलाभन्दा अहिले गाउँमा पर्यटक देखिन थालेका छन्,’ स्थानीय प्रभात लामा भन्छन्, ‘अहिले त अफसिजन हो, यो वर्ष सिजनमा पर्यटक देखिए। पहिला भन्दा अहिले तीन प्रतिशत पर्यटक आगमन वृद्धि भएको छ।’

कसरी पुग्‍ने ?

काठमाडौंबाट करिब १६० किलोमिटर यात्रा गरेपछि गत्लाङ पुगिन्छ। केही वर्ष पहिलेसम्म स्याफ्रुबेंशीबाट पैदलयात्रा गरेर पुगिन्थ्यो भने अहिले गत्लाङ जोड्ने दुईवटा सडक निर्माण भएर सञ्‍चालनमा छन्। एउटा- स्याफ्रुबेंशी-बाहुनडाँडा हुँदै गत्लाङ पुगिन्छ। अर्को- स्याफ्रुबेंशी-रोंगा-चिलिमे हुँदै पनि यो पुरानो ‘कालो गाउँ’ पुग्‍न सकिन्छ।

आइतबार, फागुन २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.