• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विद्यार्थीलक्षित ‘मोडर्ना’ खोप दिइँदै


सोमबार, माघ २४, २०७८ मा प्रकाशित

कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि सुरु गरिएको हो । स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिनुभयो । जिल्लाका १५ स्थानीयतहमध्ये पाँच नगरपालिका र तीन गाउँपालिकाका विद्यालयमा अध्ययतरत विद्यार्थीलाई खोप लगाइने छ । आज खोप लगाउन थालिएका विद्यालय बलबा, मटिहानी, मनराशिश्वा, लोहारपट्टी र जलेश्वर नगरपालिका एवं एकडारा, पिपरा र महोत्तरी गाउँपालिकाका हुन् । यस पहिलो चरणको विद्यालय केन्द्रित खोप अभियान माघ २८ मा सम्पन्न हुने उहाँले बताउनुभयो । ‘मोडर्ना’ १२ देखि १८ वर्ष उमेर लक्षित कोभिड–१९ विरुद्धको खोप हो ।

Advertisement

दोस्रो चरणमा जिल्लाका सात स्थानीयतहका विद्यालयका विद्यार्थीलाई सो खोप लगाइने छ । आगामी फागुन २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने यो चरणमा पाँच नगरपालिका र दुई गाउँपालिकाका विद्यालय पर्नेछन् । यसमा भङ्गाहा, औरही, रामगोपालपुर, गौशाला र बर्दिबास नगरपालिका एवं सम्सी र सोनामा गाउँपालिकाभित्रका विद्यालय रहने कार्यालयले जनाएको छ । जिल्लामा ७४ हजार मात्रा खोप आएको निमित्त जनस्वास्थ्य प्रशासक यादवले जानकारी दिनुभयो ।

राहदानी लिएर विदेश जाने तयारीमा रहेका १८ वर्षभन्दा माथिका सबैलाई ‘जोनसोन’ खोप दिइएको कार्यालयले जनाएको छ । यो सेवा स्वास्थ्यचौकी, अस्पताल र यसबाहेक तोकिएका केन्द्रबाट प्रवाह भइरहेको छ । जिल्लाका सबै स्थानीयतहमा विशेष अभियानअन्तर्गत फागुन १० देखि १४ सम्म पाँच दिन खोप लगाउने निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अझै खोप लिनेको सङ्ख्या ५० प्रतिशत नाघेको छैन । खोपलाई प्रभावकारी बनाउन स्वास्थ्य जनशक्तिको समुचित विन्यास, खोपबारे सचेतना बढाउन राजनीतिक दल, सामाजिक सङ्घ संस्था र स्थानीयतहको प्रत्यक्ष पहलकदमी उपलब्धिमूलक हुने मधेश प्रदेश स्वास्थ्य निदेशनालयका निर्देशक विजयकुमार झाको भनाइ छ ।

सोमबार, माघ २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.