• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु


शनिबार, माघ २२, २०७८ मा प्रकाशित

काठमाडौं- प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङजा र धादिङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।

Advertisement

प्युठान गौमुखी गाउँपालिका-६ ओखरपाटा भन्ने स्थानमा विवाहको दुलही लिएर फर्कदै गरेको ग.१ ज ५०९२ नम्बरको जिप सडकबाट १ सय ५० मिटर  तल खसेर गएराति दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा गौमुखी गाउँपालिका-६ लिवाङ बस्ने ३९ वर्षीय बसन्त खड्का, उनकै छोरी ११ वर्षीया एलिसा खड्का, ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीया केसरी खड्का, जिपका चालक ५२ वर्षीय बल बहादुर बुढामगर, ३२ वर्षीय खिम बहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र २२ वर्षीया बिपना जिसी रहेका छन् । दुर्घटनामा ६ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।  साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ५ जनामध्ये २ जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।

सुनसरी ईनरुवा नगरपालिका-४ स्थित सडकमा प्रदेश १-०२-००२ च ४७८३ नम्बरको पिकअप भ्यानको ठक्करबाट साईकलयात्री गढी गाउँपालिका-६ बस्ने ४० वर्षीया बासोदेबी उराउको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहा गोलबजार नगरपालिका-४ स्थित सडकमा ना.१ ज ५९१२ नम्बरको गाडीको ठक्करबाट मिर्चैया नगरपालिका-६ बस्ने ४५ वर्षीय ब्रह्मदेव ठाकुरको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि राउ अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

रुपन्देही तिलोत्तमा नगरपालिका-९ स्थित सडकमा लु.३७ प ६३५१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-१५ कोटिहवा बस्ने २४ वर्षीय सुशान्त बस्यालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

स्याङजा विरुवा गाउँपालिका-३ धोवादीस्थित भित्री सडकमा विरूवाबाट खालीतर्फ जाँदै गरेको ग.१ ज ५९३९ नम्बरको जिप सडकदेखि अन्दाजी ५ सय मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा जिपका चालक विरुवा गाउँपालिका-३ खाली बस्ने २६ वर्षीय बेल बहादुर थापा र जिपमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय भेष बहादुर थापा रहेका छन् ।

धादिङ धुनिबेशी नगरपालिका-१ बन्चरेस्थित सडकमा प्र.३-०१-००३ क ७२५५ नम्बरको जेसिबी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खोल्सामा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा जेसिबीमा सवार हाल नाम, थर, वतन नखुलेका १ जना पुरुषको घटनास्थल्मै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनालाई उपचारको लागि बीर अस्पताल काठमाडौं पठाइएको छ ।

शनिबार, माघ २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.