• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, मङि्सर ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जुवातास खेल्ने १६ जना पक्राउ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा

हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

अझै सञ्चालनमा आएन निगाले सिमेन्ट

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

सुनचाँदीको मूल्य बढ्यो

दैनिक हुल बाँधेर आउने हात्तीसँग स्थानीय त्रसित

लोकप्रिय समाचार

  • १. राशिफल : सिंह- आकस्मिक लाभ, धनु- मनमा सन्तुष्‍टि

  • २. राशिफल : कर्कट- धन लाभ, मीन- टाढाको यात्रा

  • ३. राशिफल : तुला- शुभचिन्तकको साथ, मकर- आकस्मिक खर्च

  • ४. राशिफल : वृष- विजय, तुला- भाग्योन्‍नति

  • ५. राशिफल : कर्कट- वैदेशिक यात्रा, मीन- श्रमको मूल्यांकन

  • ६. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ७. झटारो : जुँगा र पुच्छर पोलिएका सिंहदरबारका सिंह !

  • ८. राशिफल : तुला- धन आर्जन, धनु- अवसरको खोजी

  • ९. अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ को नयाँ कार्यसमिति चयन, अध्यक्षमा रेग्मी

  • १०. सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री


    Avatar photo
मङ्गलबार, मङि्सर ०९, २०८३ मा प्रकाशित

बेइजिङ- चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय चालक दल घोषणा गरेको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ४० वर्षीय पाकिस्तानी अन्तरिक्ष यात्री मुहम्मद जिशान अलीले चिनियाँ अन्तरिक्ष यात्री ताङ होङ्बो (५१) र वु यी (३९) सँगै अन्तरिक्ष यात्रा गर्नुहुनेछ । उहाँहरूले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट उडान भर्नुहुनेछ ।

सीसीटीभीका अनुसार अलीले पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको मिसनमा सहभागी भई जैवप्रविधि र सामग्री विज्ञानसम्बन्धी चार वैज्ञानिक परियोजनामा काम गर्नुहुनेछ । चीन–पाकिस्तान सहकार्यअन्तर्गत हुने प्रयोगमा प्रकाश संश्लेषण गर्ने सूक्ष्मजीवसम्बन्धी अध्ययन पनि समावेश छ । उहाँ शेन्झाउ–२३ अन्तरिक्ष यानबाट पृथ्वी फर्कनुहुनेछ ।

यो चीनको मानव अन्तरिक्ष कार्यक्रमअन्तर्गत चिनियाँ र विदेशी अन्तरिक्ष यात्री सहभागी हुने पहिलो संयुक्त उडान हो । सन् २०२५ फेब्रुअरीमा चीन र पाकिस्तानबीच भएको अन्तरिक्ष सहकार्य सम्झौताअनुसार यो मिसन सञ्चालन हुन लागेको हो ।

मिसनका चिनियाँ सदस्य ताङ होङ्बो यसअघि दुईपटक अन्तरिक्ष यात्रा गरिसक्नुभएको छ । उहाँ तेस्रोपटक तियाङगोङ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो अन्तरिक्ष यात्री बन्नुहुने सीसीटीभीले जनाएको छ ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा पहिलो मानव अवतरण गराउने लक्ष्य राखेको छ । अमेरिकाले पनि सन् २०२८ मा अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना अघि बढाएको छ ।

मङ्गलबार, मङि्सर ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जुवातास खेल्ने १६ जना पक्राउ
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा
हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी
अझै सञ्चालनमा आएन निगाले सिमेन्ट
चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

भर्खरै

  • १.
    जुवातास खेल्ने १६ जना पक्राउ

  • २.
    नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

  • ३.
    सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा

  • ४.
    हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी

  • ५.
    चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

  • ६.
    अझै सञ्चालनमा आएन निगाले सिमेन्ट

  • ७.
    चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

  • ८.
    सुनचाँदीको मूल्य बढ्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.